स्वावलम्बन बिकास बैंक लि.कर्मचारी युनियनमा स्वागत छ।

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको स्थापना संगै कर्मचारीहरुले आफ्नो श्रमको मुल्य खोज्ने तथा नेपालकाे संविधानले दिएकाे स्वतन्त्रताकाे हक, विध्यमान श्रम ऐन ट्रेड यूनियन ऐनले दिएकाे अधिकार हनन् भएको महसुस गर्दै जायज कुराहरुसमेत राख्न नपाउने स्थितीमा कर्मचारीहरुको जायज कुराहरु स्थापित गर्न, कर्मचारीहरुको हकहित सुनिश्चित गर्न, संस्थामा भएको सबैखाले बेथितीहरुको अन्त्यका लागि र शोषण तथा दमनको बिरुद्धमा अग्रज यूनियनकर्मीहरुको साहस, त्याग र बलिदानीपुर्ण संघर्षबाट जन्मीएको यूनियन हो यस स्वावलम्बन विकास बैंक लि। कर्मचारी यूनियन । वि।सं। २०६३ सालमा श्रम कार्यालय जनकपुरमा दर्ता भई यूनियन सन्चालन गर्ने क्रममा संस्थाको केन्द्रीय कार्यालय जनकपुर बाट काठमाण्डौ स्थानान्तरण भए संगै कानुनी बाधा अढचनहरुले गर्दा जनकपुरको दर्ता खारेज गरि २०७१ सालमा श्रम कार्यालय काठमाण्डौमा दर्ता भएको हो हाम्रो यूनियन । बिभिन्न समय कालखण्डमा हामीले संस्था तथा कर्मचारीहरुको पक्षमा संघर्ष गर्नुका साथै आफ्नो अस्तित्वको लडाई समेत लड्दै आएका छौं । आम कर्मचारीहरुको अतुलनिय माया, सम्मान र सहयोगले नै हामीले हरेक परिस्थितीको सामना गर्दै आफ्नो अस्तीत्व जोगाउन सफल भएका छौं । धेरै उतारचढावको सामना गर्दै आजको यो स्थितीमा आई पुग्दा यूनियन स्थापनाको त्यो अत्यन्तै कठिन परिस्थितीमा पनि हाम्रा संस्थापक अग्रजहरुको त्याग तपस्या र बलिदान थियो भन्ने तथ्यलाई हामी बिर्सन सक्दैनौं । यस यूनियन निर्माणमा योगदान गर्नूहुने सम्पूर्ण आदरणिय अग्रजहरु प्रती हार्दिक आभार व्यक्त गर्न चाहान्छौं । बिभिन्न आरोह र अवरोह पार गर्दै यहाँ सम्म आई पुग्दा आम कर्मचारीहरुले दिनुभएको माया साथ सहयोगले हामीलाई थप जिम्मेवार र गम्भीर बनाएको छ । आम कर्मचारीहरुको हक अधिकारको शुनिश्चितता तथा संस्थागत सूशासन कायम राख्नु, कर्मचारीहरु बीच भएको बिभेदको अन्त्य गर्नु हाम्रो प्रमूख जिम्मेवारी हो । संस्थाले कर्मचारीहरुलाई सम्पति ठान्ने र कर्मचारीहरुले संस्थालाई आफ्नै संस्था मान्ने वातावरण सृजना गरी भयरहित वातावरणमा कार्यसम्पादन गर्नु आजको आवस्यकता हो । सम्पुर्ण बेथितिहरुको अन्त्य गर्दै कर्मचारीहरु र संस्थालाई केन्द्रबिन्दुमा राखी संस्थाको प्रगतिमा नै हाम्रो भविस्य सुनिश्चित हुने हुँदा संस्थाले प्रगतिको शिखर चुम्नुपर्छ सोको हिस्सेदार स्वयम् कर्मचारीहरु समेत हुनुपर्छ भन्ने उद्देश्य बोकेर संघर्षको अबिरल यो यात्रामा तल्लिन रहेका छौं ।

मिन बहादुर खड्का

महासचिव
केन्द्रीय कार्यालय प्रतिनिधि आधिकारिक ट्रेड यूनियन

स्वतन्त्रता र स्वाभीमानपूर्वक कार्य गर्ने संस्थामा ईमान्दारी र एकताको मूल्यहरू

हामी कर्मचारीहरुलाई स्वतन्त्रता र स्वाभीमान पुर्वक कामगर्ने वातावरण सृजना गरि ओठमा मुस्कान र आत्ममा गर्व महसुस गराउन चाहान्छौं । यस स्वावलम्बन लाई लघुवित्त क्षेत्रकै उत्कृष्ट संस्थाको रुपमा स्थापित गराई संस्थाको नाफा, श्रम र पूँजीमा न्यायोतिच बितरण गराई उत्कृष्ट सेवा सुबिधा कर्मचारी वर्गलाई दिलाउने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौं । संस्थाको दिगो विकासमा सहयोग गर्दै संस्थाको हित बिपरित हुने कार्यलाई निरुत्साहित गर्ने । संस्था व्यवस्थापनलाई समयमा नै प्रभावकारी बनाउन आवस्यक सल्लाहसुझाव दिने । पेशागत अधिकार र हितमा समर्पित संस्थामा कार्यरत सबै ईमान्दार र बफादार कर्मचारीहरुलाई एकताबद्ध र संगठित गर्ने । कर्मचारीहरुका माग लाई उच्च प्राथमिकतामा राखी व्यवस्थापन संग कर्मचारीहरुको तर्फबाट सामुहिक सौदाबाजी गर्ने । विध्यमान श्रम ऐन र ट्रेड यूनियन ऐनले प्रदान गरेको अधिकारको प्रयोग गरि संस्थामा कार्यरत सबै कर्मचारीहरुको सेवा, अवस्था र सुरक्षा सुनिश्चितताका लागि आवस्यक पर्ने दवाबमुलक कार्यक्रम गर्ने । संस्थामा कार्यरत कर्मचारीहरुबिच आपसि एकता, समझदारी र समन्वय कायम गरि कर्तव्यनिष्ठ र अनुशासित बनाउन प्रयास गर्ने । संस्थामाहुने गैर कानुनी गतिविधी तथा कर्मचारीहरु बिचको बिभेदलाई अन्त्य गर्न कानुनि दायरामा ल्याउन पहल गर्ने जस्ता उद्देश्य बोकेर यस यूनियन स्थापना भएको छ ।

यस युनियनले दशकाैकाे बलिदानि पुर्ण संघर्ष बाट
प्राप्त गरेका ऐतिहासिक उपलब्धिहरू

“कर्मचारी संघर्ष र यूनियनको भूमिका: संस्थाको विकास र कर्मचारीहरुको भविष्य सुनिस्चित गर्न”

संस्थाको दिगो बिकास तथा कर्मचारीहरुको भविष्य सुनिस्चितताका लागि सबै तह र तप्काका कर्मचारीहरुको पिरमार्का गुनासोको अन्त्यका लागि, सबै यूनियन कर्मीहरु एक ढिक्का भई अन्यायको विरुद्धमा लढ्न, समय सापेक्ष कर्मचारीहरुको तलब भत्ता सेवा सुविधा पुनरावलोकन गर्न, निर्धक्क भएर कामगर्ने वातावरण सृजनाको लागी अविरल लागिरहने कर्तव्य निष्ठ इमान्दार निस्वार्थ सदैब संस्था र कर्मचारीहरुको भविष्यको लागी त्याग र बलिदान दिन सक्ने नेत्रीत्व तथा भाबि नेत्रीत्व समेत उदय हुने अवस्थामा रहेको पदमा भन्दा कर्ममा विस्वास गर्ने हाम्रो प्रतिबद्धता रहेकोले यसै यूनियनमा गाेलबद्ध हुन हार्दिक आवहान गर्दछौं ।

रोशन तिमल्सिना
    रोशन तिमल्सिना

    इटहरि इलाका अध्यक्ष

    युनियन भनेकाे आम कर्मचारीहरूकाे अधिकार र हितकाे प्रतिनिधित्व गर्ने र संरक्षण गर्ने पवित्र संस्था हाे। स्वावलम्बन बिकास बैंक लि. कर्मचारी युनियन स्वतन्त्र संगठन हाे जस्ले आफ्नाे राेजगारदाता स्वावलम्बन लघुिवत्त वित्तीय संस्था लि. मा कार्यरत कर्मचारीहरूकाे प्रतिनिधित्व गर्दछ। यदि तपाई पनि यस युनियनमा सदस्य भई सामेल हुनुभयाे भने, तपाईं एक समुहमा सामेल हुदै हुनुहुन्छ जस्ले तपाईंको तर्फबाट तलब, कामकाे समय, अन्य सेवा सुविधा र सर्तहरू जस्ता कार्यस्थलका मुद्दाहरू वार्ता गर्नेछ।।

    एक कृष्ण काफ्ले
      एक कृष्ण काफ्ले

      बरिष्ठ उपाध्यक्ष

      स्वावलम्बन विकास बैक लिमिटेड कर्मचारी युनियन को गरिमामय इतिहास मा अब आगामी दिनमा थप प्रविधिमैत्री बनाउदै संस्था लाइ सरोकारवाला सबैको संयुक्त प्रयासले आगामी चुनौती हरु समाधान गर्दै लघुवित्त लाइ गरिवी निवारण को साधन को रुपमा स्थापित गर्नुछ, यस कार्यमा सम्पन्न गर्दैगर्दा कर्मचारी हरुलाइ उनिहरुको हकअधिकार प्राप्ति र स्वभिमानी उपभोग मा कोही बाधक भए जस्तोसुकै संघर्ष बाट पन्छाउन सदैव तयार हुनुपर्छ। जय स्वावलम्बन जय युनिय

       राम लक्ष्मण महतो
        राम लक्ष्मण महतो

        कोषाध्यक्ष

        स्वावलम्बन बिकास बैंक लि। कर्मचारी युनियन संस्था को हरेक कर्मचारी को मन मनमा बसेको बर्षा र घाम मा छाता जस्तै विशाल हृदय भएको संस्था हो । हरेक कर्मचारी को दुख र सुस्खको सारथि रहेको यो युनियन सदैव कर्मचारी को हकहितको लागि सोच्ने र कर्मचारी अन्याय मा परेको बेला ब्यब्स्थापन सङ लडेर भएपनी न्याय दिलाउन कतिपनी पछि नहट्ने गरेको छ । अहिले को अबस्थामा सबै कर्मचारी साथीहरू हाथे मालो गरि यो युनियनलाई अगाडी बढाएर लानु नै सबै भन्दा ठूलो उपलब्धी हुने देखिन्छ त्यसैले सबै कर्मचारी एकजुट भै यश युनियन लाई बलियो बनाउनु नै अहिलेको आवस्यक्ता रहेको देखिन्छ।

        मनोज कुमार यादब
          मनोज कुमार यादब

          सह-अध्यक्ष

          अनावश्यक दबाव र भय बाट मुक्त भई आत्मसम्मान र स्वाभिमान को साथ इमान्दारिता पूर्वक समय भित्र श्रम गरी आफ्नो हक, अधिकार, पाएको – पाकेको सुविधा र भविष्यको सुनिश्चित गर्दै सेवाग्राहीको हीत लाई पनि नबिर्सी आफू कार्यरत संस्थाको प्रगति, मजबुती, समृद्धि र सुशासनको लागि यूनियन “यी समग्र हीत हेतु निर्भिक आवाजको लागि यूनियन आश मारिसकेका लागि न्याय हेतु न डगमगाई अगाडि बढ्न सहासी कदमको लागि यूनियन “

          मुक्ति यादव

          पूर्व यूनियन कर्मि
          हाल केन्द्रीय कार्यालय बरिष्ठ प्रबन्धक पदमा कार्यरत

          पुर्व अध्यक्षहरू

          हार्दिक धन्यवाद तथा कृतज्ञता पूर्व अध्यक्षहरू प्रति

          दिव्यराज सापकोटा

          दिव्यराज सापकोटा

          संस्थापक अध्यक्ष

          प्रवेज आलम

          प्रवेज आलम

          पुर्व अध्यक्ष

          गाेविन्द काफ्ले

          गाेविन्द काफ्ले

          पुर्व अध्यक्ष

          खड्ग  बहादुर बस्नेत

          खड्ग बहादुर बस्नेत

          पुर्व अध्यक्ष

          अन्जन कार्की

          अन्जन कार्की

          पुर्व अध्यक्ष

          गुनासाे तथा सुझाव

          [forminator_form id=”476″]